दफा
भू–उपग्रह प्रसार केन्द्रको स्थापना सम्बन्धी विशेष व्यवस्था

(१) कुनै व्यक्ति वा संगठित संस्था वा संयुक्त लगानीमा स्वदेशी र विदेशी व्यक्ति वा संगठित संस्थाले स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसार केन्द्र स्थापना गरी कुनै कार्यक्रम प्रसारण गर्न चाहेमा स्वीकृतिको लागि नेपाल सरकार समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन पर्न आएमा नेपाल सरकारले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा निवेदकलाई स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसार केन्द्र स्थापना गरी कार्यक्रम प्रसारण गर्ने स्वीकृति दिन मनासिब देखेमा तोकिएको शर्तहरू पालना गर्ने शर्तमा तोकिएको कार्यक्रमहरू प्रसारण गर्न पाउने गरी तोकिए बमोजिम स्वीकृति दिन सक्नेछ ।
(३) भू–उपग्रह प्रसार केन्द्रको स्थापना तथा प्रसारण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।